बुटवल, रुपन्देहीको बुटवलबाट साढे २२ केजी चरेस सहित दुईजना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ तामनगरको हरियाली टोलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहहरुमा गुल्मीको मदाने गाउंपालिका–७ घर भई हाल बुटवल १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउंपालिका ८ का ३५ वर्षका रतिमान दमाई रहेका छन् । प्रदेश प्रहरी कार्यालय दाङको विषेश टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।
प्रकाशित मिति : सोमबार, असार २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्