दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रको सदस्यहरू मध्ये नेपाल पीसीआर टेस्ट गर्ने मुलुकमा अगाडि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल पीसीआर टेस्ट गर्ने मुलुकहरूमा श्रीलंका, बंगलादेश, अफ्गानिस्तान, पाकिस्तान र भारत भन्दा अगाडि रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
प्रत्येक १० लाख मानिसमा पीसीआर टेस्टको सरदर अनुपात अफ्गानिस्तानमा १ हजार ९ सय ९०, बांगलादेशमा ५ हजार ४ सय १६, श्रीलंकामा ५ हजार ३ सय ५९, पाकिस्तानमा ६ हजार ६ सय ४०, भारतमा ७ हजार ५ सय ८८ र नेपालमा ९ हजार १ सय ५६ छ ।
कोभिड १९ बाट मृत्यु हुनेकाे दर पनि अन्य देशकाे तुलनामा नेपालमा कम छ । प्रति १० लाख संक्रमितमा मृत्युहुनेकाे दर सार्क राष्ट्र बांगलादेश, अफ्गानिस्तान, पाकिस्तान, माल्दिभ्स र भारत भन्दा नेपालमा कम छ ।
प्रत्येक १० लाख संक्रमित अनुपातमा अफ्गानिस्तानमा मृत्यु हुनेकाे सरदर संख्या २४, बांगलादेशमा १३, श्रीलंकामा ०.५, पाकिस्तानमा २२, भारतमा १५ र नेपालमा १ छ ।
कोभिड १९ बाट मृत्यु हुनेको संख्या अध्ययन गर्दा नेपाल अमेरिका, बेलायत, जापान र चीन जस्तै अन्य विकसित देशहरू भन्दा कम नरहेको डाक्टर गौतमले बताए ।
प्रकाशित मिति : बुधबार, असार २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]