नेपाल नाई संघ रुपन्देहीद्धारा रक्तदान कार्यक्रम

नेपाल नाई संघ रुपन्देहीद्धारा रक्तदान कार्यक्रम

बुटवल
नेपाल नाई संघ बुटवल नगर समिति रुपन्देहीले आज बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । रगतको अभाव हुन नदिनकालागि आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ जना महिला सहित ५६ जनाले रक्तदान गरेका थिए ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलमा गरिएको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले अहिले सत्ता पक्षका व्यक्तिलाई कोरोना भाईरस नलाग्ने र बाँकी अरुलाई लाग्ने जस्तो गरी सरकारले व्यबहार गरेको भन्दै सरकारको यो मनाबिज्ञानलाई सुधार गर्न सुझाव दिनुभयो ।
विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरस ९कोभिड–१९० को संक्रमण फैलिन नदिनकालागि नेपालमा सरकारले गरेको लकडाउनका कारण अनौपचारिक क्षेत्रमा काम गर्ने तथा स्वरोजगार मजदुरहरुलाई नराम्रो प्रभाव पारेको बताउँदै उनीहरुको घाउमा मल्हम लगाउन पनि उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष तथा काँग्रेस महासमिति सदस्य काजिमान श्रेष्ठले अनौपचारिक क्षेत्रमा काम गर्ने तथा स्वरोजगार मजदुरहरुलाई लकडाउनले समस्या गराएको भन्दै लकडाउनको मोडालिटी सुधार गरि अनौपचारिक क्षेत्रका सञ्चालित स्वरोजगार व्यबसाय सञ्चालनका वातावरण बनाउन उहाँले माग गर्नुभयो । उहाँले त्यसैकालागि प्रशासन तथा स्थानीय तहमा ट्रेड युनियन काँग्रेसले नेतृत्व गरेर ज्ञापन पत्र समेत बुझाउने काम भएको जानकारी गराउनु भयो ।
नेपाल नाई संघ प्रदेश पाँचका अध्यक्ष सफातुल्ला रजाले कोरोना भाईरसको संक्रमण फैलिन नदिनकालागि भएको लकडाउनका कारण सबैभन्दा बढी सैलुन व्यबसायमा काम गर्ने मजदुरलाई मार गरेको भन्दै लकडाउनको मोडालिटि सुधार गरेर सैलुन व्यबसाय सञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसंग माग गर्नुभयो ।
नेपाल नाईसंघ बुटवल नगर समितिका अध्यक्ष बिनोद ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा संघका रुपन्देही जिल्ला अध्यक्ष उमेश ठाकुर, उपाध्यक्ष जयश्याम ठाकुर, सचिव दुर्गेश ठाकुर लगायतले व्यबसाय सञ्चालन गर्ने वातावरण बनाईदिन माग गर्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, असार २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij