फरक तरिकामा दुर्गेशको ‘बीच्च बीच्चमा ३’

फरक तरिकामा दुर्गेशको ‘बीच्च बीच्चमा ३’

गत वर्षको र यो वर्षको तीजमा ‘बीच्च बीच्चमा’ र ‘बीच्च बीच्चमा २’ निकै लोकप्रिय बनेका कारण गायक दुर्गेश थापा अब भने ‘बीच्च बीच्चमा ३’ को तयारीमा रहेका छन् ।

गायक दुर्गेश थापाले आफ्नो फेसबुकमा एक तस्विर सार्वजनिक गर्दै ‘बीच्च बीच्चमा ३’ को तयारी गरिरहेको जानकारी दिएका हुन् ।

तस्विर सार्वजनिक गर्दै थापाले केही फरक हैन पूरै फरक तरिकामा आउने तयारी गरिरहेको लेखेका छन् ।

‘बीच्च बीच्चमा ३’मा यो पटक दुर्गेश केटी बनेका छन् । सार्वजनिक तस्विरमा दुर्गेशसहित अन्य कलाकारहरूले लगाएको साडी र लुक्स हेर्दा पनि यो पटकको बीच्च बीच्चमा निकै फरक रहेको देखिन्छ ।

गत वर्ष ‘बीच्च बीच्चमा’ बोलको तीज गीत ल्याएर चर्चामा आएका थापाले गत साता नयाँ तीज गीत बीच्च बीच्चमाको दोस्रो पार्ट ‘एउटा फोटो खिच’ युट्युबमा सार्वजनिक गरेका थिए ।

गीत सार्वजनिक भएको केही दिनमै चोरीको आरोपसमेत लागेको थियो ।

प्रकाशित मिति : शुक्रबार, असार २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij