काठमाण्डौ
शनिबार थप ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । शनिबार थपिएकासहित सङ्क्रमितको कुल सङ्ख्या १६ हजार सात सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
विभिन्न अस्पतालका आइसोलेशनमा आठ हजार दुई सय ३९ जना सङ्क्रमितको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । शनिबारमात्र चार सय ३१ जना डिस्चार्भ भएसँगै सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या आठ हजार चार सय ४२ पुगेको छ ।
पछिल्ला आठ दिनमा सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । १९ गते सात सय २० जनामा कोरोना देखिएको थियो । २० गते दुई सय ३२ जनामा, २१ गते दुई सय ९३ जनामा, २२ गते एक सय ८० जनामा, २३ गते दुई सय चार जनामा, २४ गते दुई सय ५५ जनामा, २५ गते एक सय आठ जना, २६ गते एक सय १८ जना र शनिबार ७० जनामा मात्रै कोरोना पुष्टि भएको छ ।
प्रकाशित मिति : शनिबार, असार २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्