म्याग्दी; हिमाली जिल्ला म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो। पिसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताए। पिसिआर परिक्षणमा रघुगंगाका १, मंगला गाउँपालिका १, बेनी नगरपालिका ३ र मालिका गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। संक्रमित मध्य कुवेतबाट ६ जना, कतारबाट २ जना र भारतबाट १ जना आएका थिए। योसँगै म्याग्दीमा कोरोना संक्रमितको जम्मा संख्या ३४ पुगेको छ। हालसम्म म्याग्दीमा निको भएर २० जना घर फर्किएका छन्।
प्रकाशित मिति : बुधबार, असार ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्