बुटवल-जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को ९ औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाचित बाबुराम बिश्वकर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।
अध्यक्ष बिश्वकर्माले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक राजेन्द्र भट्टराईसँग नेपाल राष्ट्र बैंक सिद्धार्थनगरको कार्यालय भैरहवामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको हो ।
शपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष बिश्वकर्माले प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको नियमन र निर्देशनको अधीनमा रही वित्तीय प्रणालीको सम्बद्र्धन तथा वित्तीय संस्थाको हितलाई सदैव ध्यानमा राखी आफ्नो कर्तव्य इमान्दारीताका साथ पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री श्रीराम पोख्रेल तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।
हाल यस वित्तीय संस्थाको पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४२,५०० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु¥याईरहेको छ ।
प्रकाशित मिति : बुधबार, असार ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्