काठमाडाै : सरकारले एशिया प्यासेफिक समिट अवधिभरका लागि काठमाडौं उपत्यकामा सबैखाले विरोधका कार्यक्रममा रोक लागएको छ।
शुक्रबारदेखि काठमाडौँमा सुरु हुने एशिया प्यासिफिक सम्मेलनमा सहभागी हुन ७ वटा देशका सरकार तथा राष्ट्रप्रमुखसहित पाँच सय विशिष्ट पाहुना काठमाडौँ आउँदै छन्। सरकारले त्यही कार्यक्रम र सुरक्षालाई मध्यनजर गर्दै विरोध प्रदर्शनमा रोक लगाएको हो।
प्रहरीले बिहीबार दिउँसो सरकारको अवज्ञा गर्दै राजधानीको माइतीघरमा प्रदर्शनमा उत्रिएका ४ विश्व हिन्दू महासंघका ५ जनालाई पक्राउ गरेको छ।
विशिष्ट विदेशी पाहुनाहरुको आगमन भइरहेकै समयमा माइतीघरमा नेपालकी छोरी निर्मलालाई न्याय देउ अनि त्यसपछि चढाउँला जिससकी छोरीलाई फूलमाला’ भन्ने प्लेकार्ड बोकेर विरोध गरिरहेका राजु सुनार, मञ्जु पुडासैनी, लक्ष्मी दाहाल, मनिका खतिवडा र रघु कार्कीलाई पक्राउ गरेको हो। उनीहरुले उपत्यकाका यातायातमा लागू गरिएको जोरबिजोर प्रणालीको पनि विरोध गरेका थिए।
काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्तकुमार लामाले सरकारको निर्णयविपरीत विरोध प्रर्दशनमा उत्रिएपछि ५ जनालार्इ नियन्त्रणमा लिएको जानकारी दिए।
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्