JanataToday.com

Advertisment

SKIP THIS

राष्ट्रबैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

राष्ट्रबैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्दैछ। मौद्रिक नीति नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बाट पारित भएको छ। बोर्डबाट पारित भएसँगै अपरान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले जानकारी दिए। कोरोना भाइरसको महामारीबाट प्रभावित आर्थिक क्षेत्रलाई उकास्ने गरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ। लामो समय लकडाउनका कारण प्रभावित भएको आर्थिक क्षेत्रलाई राहत हुने गरी मौद्रिक नीति ल्याउन विभिन्न संघ, संस्था तथा राजनीतिक दलले नेपाल राष्ट्र बैंकलाई सुझाव दिइरहेका छन्। आर्थिक प्रवद्र्धनका विभिन्न प्याकेजसहित सरकारको आगामी आर्थिक वर्षको बजेटलाई सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक जुटेको छ। मौद्रिक नीति नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरेर सार्वजनिक गर्ने तयारी छ।

प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij