काठमाडौं -नेपालमा विगत चौबीस घण्टायता १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियिमत पत्रकार सम्मेलनका क्रममा आइतबार थप १५६ जनामा कोरोना पोजिटिभ देखिएको जनाएको हो ।
२७ प्रयाेगशामा ३ हजार ७ सय ४१ जनामा गरिएको परीक्षणमा थप १५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १७ हजार ६५८ पुगेको छ ।
यता,
नेपालमा आज कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेर डिस्चार्ज हुनेको संख्या ५८ रहेको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ५८ जना कोरोनामुक्त भएको जानकारी दिएको हो ।
यसैगरी आज २७ प्रयाेगशामा ३ हजार ७ सय ४१ जनामा गरिएको परीक्षणमा थप १५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रकाशित मिति : आइतबार, साउन ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्