JanataToday.com

Advertisment

SKIP THIS

निरन्तर वर्षा, होसियारी अपनाउन आग्रह

निरन्तर वर्षा, होसियारी अपनाउन आग्रह

मनसुन सक्रिय भएकाले नेपालमा जारी वर्षाको मात्रा बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सबैलाई होसियारी अपनाउन आग्रह गरेको छ ।

नेपालका तराईमा भारी र पहाडी क्षेत्रमा मध्यम वर्षा भइरहे पनि अझै केही दिन वर्षा जारी रहने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाकाअनुसार मनसुनी न्यून चापीय रेखा नेपालमाथि आइपुग्दासम्म निरन्तर झरी र कतिपय अवस्थामा भारी वर्षा हुने जनाएको छ ।

उसले बाढी, पहिरो र डुबानलगायतलाई ध्यान दिँदै विपद्को पूर्वतयारी थाल्न समेत आवश्यक रहेको औंल्याएको छ ।

मौसमविद् बरुण पौडेलले देशभर नै थप सतर्कता अपनाउनुको विकल्प नभएको बताए ।

प्रदेश ५, बाग्मती र प्रदेश २, प्रदेश १ को तराई क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

पहाडी क्षेत्रमा पनि भीषण वर्षा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले साउन ५ देखि ९ गतेसम्म कन्काई, कोसी, बाग्मती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती र प्रदेश १, २ र ५, बाग्मती तथा गण्डकी प्रदेश भई बहने नदी तथा खोलामा बहाव उच्च हुने सम्भावना रहेको जनाएको छ ।

विभिन्न नदी तथा खोलाले सतर्कता तह पार गर्ने अनुमान गरिएको छ ।

सोमबारदेखि कोसी, नारायणी, महाकाली नदीमा बहाव सतर्कता तह पुग्ने अनुमान गरिएको छ ।

मंगलबार कोसी बढेर तराईमा बाढी र डुबान हुनसक्ने भएकाले पूर्वतयारी गर्न भनिएको छ ।

प्रकाशित मिति : सोमबार, साउन ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij