मनसुन सक्रिय भएकाले नेपालमा जारी वर्षाको मात्रा बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सबैलाई होसियारी अपनाउन आग्रह गरेको छ ।
नेपालका तराईमा भारी र पहाडी क्षेत्रमा मध्यम वर्षा भइरहे पनि अझै केही दिन वर्षा जारी रहने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको हो ।
महाशाखाकाअनुसार मनसुनी न्यून चापीय रेखा नेपालमाथि आइपुग्दासम्म निरन्तर झरी र कतिपय अवस्थामा भारी वर्षा हुने जनाएको छ ।
उसले बाढी, पहिरो र डुबानलगायतलाई ध्यान दिँदै विपद्को पूर्वतयारी थाल्न समेत आवश्यक रहेको औंल्याएको छ ।
मौसमविद् बरुण पौडेलले देशभर नै थप सतर्कता अपनाउनुको विकल्प नभएको बताए ।
प्रदेश ५, बाग्मती र प्रदेश २, प्रदेश १ को तराई क्षेत्रमा भारी वर्षा भइरहेको छ ।
पहाडी क्षेत्रमा पनि भीषण वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले साउन ५ देखि ९ गतेसम्म कन्काई, कोसी, बाग्मती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती र प्रदेश १, २ र ५, बाग्मती तथा गण्डकी प्रदेश भई बहने नदी तथा खोलामा बहाव उच्च हुने सम्भावना रहेको जनाएको छ ।
विभिन्न नदी तथा खोलाले सतर्कता तह पार गर्ने अनुमान गरिएको छ ।
सोमबारदेखि कोसी, नारायणी, महाकाली नदीमा बहाव सतर्कता तह पुग्ने अनुमान गरिएको छ ।
मंगलबार कोसी बढेर तराईमा बाढी र डुबान हुनसक्ने भएकाले पूर्वतयारी गर्न भनिएको छ ।
प्रकाशित मिति : सोमबार, साउन ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्