प्रदेश ५ मा कोभिड १९ समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन शुरु

प्रदेश ५ मा कोभिड १९ समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन शुरु

बुटवल । सामाजिक विकास मन्त्रालयले कोभिड –१९ समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन कार्य शुरु गरेको छ । अहिले सम्म शंकास्पद व्यक्तिको मात्र आर डिटि र पिसिआर परिक्षण भएको थियो ।
समुदाय स्तरमा भएको प्रभावको लागि समुदाय स्तरमा परिक्षणको लागि स्वास्थ्यकर्मीहरुको टोलि परिचालन भएको मन्त्रालयले जनाएको छ । प्रदेश नं ५ सामाजिक विकास मन्त्री सुदर्शन वरालले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दे अव समुदाय स्तरमा नमुना संकलन गर्न गईरहेको जनाउनु भएको छ । पहिलो चरणमा प्रदेशका ६ जिल्लामा नमुना संकलन गरिने छ । अर्घाखाची, नवलपरासी, रुपन्देही वर्दिया कपिलवस्तु र दाङवाट १२ सय जनाको रेन्डम स्याम्पलिङ विधिवाट नमुना छनोट गरिने मन्त्री वरालले जानकारी दिनु भएको छ ।

अधिक जनसम्पर्क हुने स्थानहरु वित्तिय संस्था अत्यावश्यक सामाग्रि विक्रि वितरण गर्ने पसल, स्वास्थ्यकर्मी, शुरक्षाकर्मीहरुबाट नमुना संकलन गरी परिक्षण गर्न लागिएको हो । यसले समुदायसतरमा जोखिमको अवस्थावारे जानकारी हुने र त्यसैको आधारमा महामारी रोकथाम तथा नियन्त्रणको योजना वनाईने मन्त्री वरालले वताउनु भयो । प्रदेशमा कोभिड १९ नियन्त्रण उन्मुख रहेको र यो अवस्थामा आउन स्वास्थ्यकर्मी, शुरक्षाकर्मी कर्मचारी लगायत सबै जनसमुदायको सहयोग रहेको भन्दै मन्त्री वरालले धन्यवाद ज्ञापन गर्नु भएको छ । प्रदेश नं ५मा अहिले सम्म ४ हजार ९९ कोभिड पोजेटिभ रहेकोमा ३ह जार ७ सय ७१ ज्ना निको भई घर फर्केको र अझै ३ सय १५ जना अस्पताल तथा ओईसोलेशन सेन्टरमा उपचाररत रहेकाछन । प्रदेशमा १३ जनाले कोभिड १९का कारण ज्यान गुमाईसकेको छन ।

प्रकाशित मिति : सोमबार, साउन ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij