भारतमा एकै दिन ४५ बढीलाई कोरोना संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा ४५ हजार पाँच सय ९९ संक्रमित थपिएसँगै भारतमा संक्रमित संख्या १२ लाख ३९ हजार छ सय ८४ पुगेको छ ।
हालसम्म भारतमा कोरोनाका कारण २९ हजार आठ सय ९० जनाले ज्यान गुमाइसकेका छन् ।
चार लाख २५ हजार पाँच सय २८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
सबैभन्दा बढी संक्रमित भेटिएको मुलुक अमेरिकामा हालसम्म संक्रमित संख्या ४० लाख ९९ हजार आठ सय ८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ७१ हजार तीन सय १५ जना नयाँ बिरामी थपिएका छन् ।
अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ४६ हजार एक सय ३६ पुगिसकेको छ ।
२० लाख १४ हजार २९ जना उपचाररत रहेकोमा १९ हजार एक सय ७९ जनाको अवस्था गम्भीर छ ।
कोरोनाबाट प्रभावित हुने मध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा २४ घण्टाभित्रमा ६५ हजार तीन सय ३९ संक्रमित थपिएका छन् ।
योसँगै संक्रमित संख्या २२ लाख ३१ हजार आठ सय ७१ पुगेको छ । ८२ हजार आठ सय ९० जनाले ज्यान गुमाएका छन् ।
एकै दिनमा एक हजार दुई सय ९३ जनाको मृत्यु भयो ।
१५ लाख ३२ हजार एक सय ३८ जना उपचारपछि घर फर्किएका छन् ।
छ लाख १६ हजार आठ सय ४३ जना उपचार गराइरहेका छन् । ती मध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।
विभिन्न मुलुकमा नयाँ बिरामी थपिने क्रम जारी रहेसँगै विश्वमा संक्रमित संख्या एक करोड ५३ लाख ६३ हजार आठ सय नौ पुगेको वाल्डोमिटरले जनाएको छ ।
एकै दिन विभिन्न मुलुकमा गरेर दुई लाख ७८ हजार पाँच सय ९१ संक्रमित थपिए ।
ज्यान गुमाउनेको संख्या छ लाख २९ हजार दुई सय ८८ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै सात हजार एक सय सात जनाको मृत्युु भएको छ ।
९३ लाख ४० हजार नौ सय १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
५३ लाख ९३ हजार छ सय नौ जना उपचाररत रहेकोमा ६६ हजार एक सय ७७ जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति : बिहिबार, साउन ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्