नेपालमा कोरोका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

नेपालमा कोरोका कारण थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

काठमाडौं – नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। वीरगञ्जमा साउन ६ गते मृत्यु भएका एक जना ७० वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ। ​ नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचारका क्रममा साउन ६ गते मृत्यु भएका वीरगंज महानगरपालिका ६ का ७० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए। निमोनिया र श्वासप्रश्वासको समस्याबाट ग्रस्त भएपछि साउन ५ गते वीरगंजस्थित एडभान्स हस्पिटल पुगेका उनलाई त्यहाँबाट मात्र कोभिड अस्पताल रेफर गरिएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

प्रकाशित मिति : बिहिबार, साउन ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij