व्यापार संघमा महिला उद्यमीहरुको भेला सम्पन्न, महिला समिति गठन

व्यापार संघमा महिला उद्यमीहरुको भेला सम्पन्न, महिला समिति गठन

बुटवल-रुपन्देही व्यापार संघमा आवद्ध महिला सदस्यहरुको भेला शुक्रवार बुटवलमा सम्पन्न भएको छ । संघ अन्तरगत रहेका बस्तुगत उपसमितिहरु गठन पुनरगठन गर्ने क्रममा सो भेला आयोजना गरिएको थियो ।

सो अवसरमा बोल्ने बक्ताहरुले महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि महिलाहरुलाई व्यवसायमा प्रोत्साहन गर्नु जरुरी रहेको बताएका थिए । उनीहरुले पुरातनवादी सोचलाई परिवर्तन गर्दै उद्यमशीलतामा लाग्ने महिलाहरुको कमी रहेको भन्दै महिलाले उद्योग, व्यापार÷व्यवसायका क्षेत्रमा नमुना काम गरिरहेको र त्यसरी लागेका महिलालाई सहयोगी वातावरण बनाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले संघसंग आबद्ध भएका वा नभएका सबै क्षेत्रका व्यवसायी महिलाहरुको लागि कसरी काम गर्न सकिन्छ भन्ने बारेमा संघले फराकिलो सोंच राखेको बताउदै महिलाहरुमा उद्यमशीलता तथा व्यवसायीक क्षमता वृद्धि गर्ने विषयमा ध्यान जानु जरुरी रहेको धारणा राख्नु भयो ।

अध्यक्ष लोहनीले पहिलेको तुलनामा अहिले महिलाहरूमा उद्यमशील बन्नुपर्छ र आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने चेतना आएका कारणले उद्यमशीलतामा महिलाहरू आउने क्रम बढेको छ, यसले समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पारेको हुदा त्यसलाई राज्यले सम्बोधन गरि महिला मैत्री नितीहरु निमार्ण गरि सहयोग गर्न आग्रह गर्नु भयो ।

संघ प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारीले समाजको विकास पुरुषले मात्रै गरेर मात्र हुन्दैन भन्ने मान्यता अनुसार महिलाहरुलाई पनि समाजमा अगाडी बढाउनुु जरुरी रहेको भन्दै महिलाहरूलाई अगाडि लैजान सबै क्षेत्रबाट सहयोगीका हातहरु बढाउनु पर्ने बताउनु भयो । संघका महासचिव दयानीधि भण्डारीले महिलाहरुलाई निर्णायक तहमा पु¥याउन र क्षमतावान महिलाहरुलाई समाजमा चिनाउने काम संघसंंस्थाहरुले गर्ने हुदा संघसंस्थामा आवद्ध हुने अपिल गर्नु भयो ।

महिला उद्यमी भारती जोशीले महिलाहरू पछाडि पर्नुको मुख्य कारण हाम्रो विद्यमान सामाजिक संरचनाले गर्दा हो भन्दै त्यसलाई परिर्वतन गरि महिलाहरु स्वय अगाडी आउन हिम्मत गर्नु जरुरी रहेको बताउदै महिलाहरुलाई राज्यकातर्फबाट विशेष सहयोगको बातावरण हुनु पर्ने धारणा राख्नु भयो ।

रुपन्देही व्यापार संघ, महिला संयोजक शोभा जोशीको अध्यक्षता तथा कार्यसमिति सदस्य विष्णु घिमिरेको सञ्चालनमा भएको भेलाले सरस्वती पराजुलीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । जसमा सहसंयोजकमा संझना त्रवाली, सचिवमा मञ्जु भट्टराई, कोषाध्यक्षमा सरिता नेपाल रहनु भएको छ । यसैगरि सदस्यहरुमा दुर्गा श्रेष्ठ, लक्ष्मी भट्टराई, कल्पना भन्डारी, लक्ष्मी ज्ञवाली, सुरेखा थापा र यमुना श्रेष्ठ रहनु भएको छ । समितिको सल्लाहकारमा मन्जु पराजुली, भारती जोशी, सरस्वती श्रेष्ठ र बबिता श्रेष्ठलाई चयन गरिएको छ ।

 

प्रकाशित मिति : शुक्रबार, साउन ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij