प्रधानमन्त्री दम्पत्तिसहित १५ सयले लिँदैछन् चर्चकी गुरुआमाबाट आर्शीवाद

प्रधानमन्त्री दम्पत्तिसहित १५ सयले लिँदैछन् चर्चकी गुरुआमाबाट आर्शीवाद

काठमाडौं : एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुखह हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ।

समिटको दोस्रो दिन आइतबार प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षककका दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आर्शीवाद दिने उल्लेख।

त्यसपछि उनीहरु मुन परिवारको अंग बन्ने सम्भावना आयोजकको दाबी छ। यो आशीर्वाद समारोह युनिफिकेसन चर्च र यसका सदस्य तथा यसको बजारीकरणका लागि धेरै महत्वपूण्र्ण हुने छ।

कार्यक्रमको महत्व दर्शाउन सूचीको तल लेखिएको छ। दोस्रो दिनको पहिलो र दोस्रो सत्रमा जलवायु परिवर्तनको सम्बोधन र त्यसमा सञ्चारमाध्यमको भूमकिाबारे संगोष्ठी गरेपछि समापन सत्रमा दम्पतीहरुलाई आशीर्वाद दिन लागिएको हो। आयोजक युनिभर्सल पिस फेडरेसन नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालका अनुसार दोस्रो सत्रमा देशभरका मेयर र उपमेयरलाई निम्ता दिइएको छ।

चर्चकी गुरुआमा यूपीएफका संस्थापक धार्मिक गुरु सन म्युङ मुनकी पत्नी हुन् । मुनले सन् २०५४ मा दक्षिण कोरियामा यूपीएफ स्थापना गरेका थिए, जसले सामूहिक रूपमा विश्वभर दम्पतीहरूलाई आशीर्वाद दिँदै आएको छ । चर्चकी सदस्य हानले १७ वर्षको उमेरमा ४० वर्षका मुनसँग सन् १९६३ मा विवाह गरेकी थिइन् ।

मुन दम्पतीले आफूहरूलाई धर्मावतार बताउँदै क्राइस्टले पूरा गर्न नसकेको दायित्व पृथ्वीमा पूरा गर्न आएको प्रचार गर्दै आएको छ । सन् २००४ मा मुनले आफूलाई मसिहा घोषणा गरेका थिए । सन् २०१२ मा मुनको मृत्यु भएपछि हान यूपीएफको मुख्य धार्मिक गुरु भएकी छन् ।

यो पनि पढ्नुस्
विवादास्पद क्रिश्चियन आइएनजीओको सम्मेलन काठमाडौंमा, माधवकुमार नेपाल आयोजक समितिका संयोजक !

प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij