नवलपरासीमा भारतबाट अवैध रुपमा ल्याइएका खसी बरामद

नवलपरासीमा भारतबाट अवैध रुपमा ल्याइएका खसी बरामद

नवलपरासी – पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले ठूलो परिणाममा भारतबाट अवैध रुपमा ल्याइएका खसी बरामद गरेको छ। सुस्ता गाउँपालिका-५ रतनगञ्जस्थित भारतबाट लुकाईछिपाई अवैध रुपमा खसी बोका ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलासका लागि सशस्त्र प्रहरीको टोली खटिएको थियो। खोजतलास गर्ने क्रममा रतनगञ्जस्थित छाप्रोमा राख्दै गर्दा सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण बेलासपुर र अस्थायी सुरक्षमा वेस बलिनगरबाट खटिएको टोलीले खसी फेला पारेको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिएका छन्। बरामद गरिएका ८५ वटा खसीप्रति खसी २० हजारका दरले १७ लाख बराबर रहेको खनियाले बताए। बरामद गरिएका खसीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेषपुर पठाइसकिएको उनले बताएका छन्।

प्रकाशित मिति : शनिबार, साउन १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij