भारतद्वारा कालापानी–लिम्पियाधुरामा नेपालीलाई प्रवेशमा रोक लगाउन आग्रह

भारतद्वारा कालापानी–लिम्पियाधुरामा नेपालीलाई प्रवेशमा रोक लगाउन आग्रह

काठमाडौ- भारतको धारचुला प्रशासनले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएकाे छ ।

नेपालले नयाँ नक्सा जारी गरेपछि असन्तुष्ठ बनेकाे भारतले गुन्जी, कालापानी, लिम्पियाधुरा भारतकाे रहेकाे दावी गर्दै ती क्षेत्रमा नेपालीको प्रवेश रोक्न पत्र पठाएकाे हाे ।

भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा आउने चाहेकाे उल्लेख गर्दै राेक्न आग्रह गरेकाे हाे ।

लकडाउन, वर्षायाम र विकट भूगोल भएकाले सो स्थानमा आउ–जाउ नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

भारतको धारचुला प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्र

प्रकाशित मिति : सोमबार, साउन १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij