बुटवल -मुलुकका विभिन्न स्थानमा (आज) मंगलबार पनि वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अरब सागरबाट जलवायुयुक्त वाष्पीकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि सतर्क रहन सबैमा आग्रह गरिएको छ ।
देशका पूर्र्वी तथा मध्य भागमा हल्कादेखि भारी वर्षा हुने जनाइएको छ ।
विराटनगर लगायत प्रदेश १ का विभिन्न स्थानमा अहिले पनि हल्का एवं भारी वर्षा भइरहेको छ ।
भारी वर्षा हुने स्थानमा बाढीपहिरो र डुबानको जोखिम बढेको छ ।
पहाडमा बाढीपहिरो र तराईमा डुबानको जोखिम छ ।
वर्षासँगै सिर्जना हुने प्राकृतिक विपत्तिबाट धेरै ठूलो धनजनको क्षति हुने भएकाले सतर्कता अपनाउन विभागले अपिल गरेको छ ।
प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना छ ।
साउन १३ गतेदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम र मध्यपहाडी भेग भई बग्ने नदीमा वर्षासँगै पानीको बहाव बढ्ने जनाइएको छ ।
त्यस्तै प्रदेश १ र बाग्मती प्रदेशको पहाडी भूभाग भएर बग्ने नदीमा बहाव बढ्ने विभागले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्