बुटवल -पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिने उदेश्यका साथ सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ ।
बैठक पार्टीमा देखिएको लामो समयदेखिको विवाद समाधानमा केन्द्रीत हुने बताइएको छ ।
पार्टीमा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर संकलन पनि गरेका छन् ।
पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले पार्टीको विवाद समाधान गर्न नसकेपछि केन्द्रीय कमिटी बैठक माग गरिएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताइन ।
नेकपामा चार सय ४४ केन्द्रीय सदस्य छन् ।
पार्टीमा लामो समयदेखिको विवाद र आन्तरिक कलह समाधानका सवालमा स्थायी कमिटी बैठकबाट कुनै पनि निस्कर्ष निस्कन नसक्ने ठहर गर्दै केन्द्रीय कमिटीको माग गरिएको झाँक्रीले बताइन् ।
प्रतिक्रिया दिनुहोस्