आज बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए।
‘दुई अध्यक्षबीच छलफल भएपछि बैठक स्थगित भएको भन्ने मलाई लाग्छ,’ उनले भने,‘अब दुई अध्यक्षको परामर्शपछि बैठकको मिति टुंगो लाग्छ।’
साउन ६ गते बाढी-पहिरो पीडितको उद्धार र राहतका लागि भन्दै बैठक एक साताका लागि स्थगित भएको थियो। यो अवधिमा अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक पटकमात्र छलफल भएको थियो।
सोमबार प्रचण्ड निवास खुमलटारमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो। उनीहरूको छलफलले आजको बैठक सुचारू गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
असार १० गतेदेखि सुरू भएको स्थायी कमिटी बैठक सात दिनमात्र सुचारू भएको छ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग जोडतोडका साथ उठेपछि उनले बैठक स्थगित हुँदै आएको छ।
प्रकाशित मिति : मंगलबार, साउन १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्