इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा लाखौं रुपया बराबरको अवैध चल्ला नष्ट

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा लाखौं रुपया बराबरको अवैध चल्ला नष्ट

कृष्णनगर, कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेकोमा कृष्णनगर नगरपालिका वडा नं १
मड्हा बाट १२ कार्टून प्रति कार्टून १५० चल्लाका दरले अन्दाजी १८०० चल्ला बरामद गरेको छ।
बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका १ अवस्थित सुरही खोलाको किनारमा रहेको खाली जग्गामा खाल्डो खनि पशु क्वारेनटाइन का प्रतिनिधि , भद्र भलादमी,प्रहरी, पत्रकार,आदि को उपस्थिति मा उक्त चल्ला नष्ट गरिएको छ। जस्को अनुमानित मुल्य १ लाख ३५ हजार सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जानकारी दिएको छ।साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन्।

प्रकाशित मिति : बुधबार, साउन १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij