नेपालमा पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमित थपिए

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २१ पुगेको छ ।
बुधबारसम्म १४ हजार ३३१ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ५ हजार २०३ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ३७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ३ लाख ५८ हजार ३४४ नमूनाको पिसिआर परीक्षण सम्पन्‍न भएको छ ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ रहेको छ ।

प्रकाशित मिति : बुधबार, साउन १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij