कृृष्णनगर – पछिल्लो समय जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो । जन्म दिनमा केक काट्नु नराम्रो मानिँदैन तर केकमा राखिएको बत्ति निभाएर केक काट्ने परम्परा बन्दै आएको छ, कार्यक्रममा बत्ति निभाउनु अशुभ मानिन्छ ।
आफूभन्दा ठूलाको आशिर्वाद मानिसको जीवनमा आफूभन्दा ठूलाको आशिर्वादको ठूलो महत्व राखेको हुन्छ । त्यसैले जन्मोत्सवमा आफूभन्दा ठूलाको आशिर्वाद लिनु राम्रो हुन्छ । त्यसले उन्मोत्सव मनाउने व्यक्तिमा आफूभन्दा ठूलाको सद्भाव, प्रेम र मार्गदर्शन प्राप्त हुन्छ । जसले उक्त व्यक्तिमा मनोवल थप हुने तथा उत्प्रेरण थपिने हुन्छ । साथै, केटाकेटी बेलैदेखि यस्तो बानी बसालिदिएमा उनीहरुमा आफूभन्दा ठूलालाई सम्मान गर्नुपर्ने रहेछ भन्ने संस्कारको विकास हुन पाउँछ ।
खानेकुरा तथा फलफूल वितरण तपाईं आफनो जन्मदिनका दिन कुनै पनि वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई आफनै हातले वा कोही व्यक्तिहरुमार्फत खानेकुराहरु वितरण गर्न सक्नुहुनेछ । हाम्रो शास्त्रीय मान्यताले भोका व्यक्तिलाई खान दिएमा सबैभन्दा ठूलो पुण्य हुने उल्लेख गरेको छ । खानेकुराको वितरणले भोको रहेका व्यक्तिमा तृप्तता हुने र उक्त तृप्तताको फल खानेकुरा वितरण गर्नेको जीवनमा झल्कने दर्शनभित्र ठूलो विज्ञान निहीत छ ।
सोहि क्रममा लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिक कपिलवस्तुका सञ्चारकर्मी सागर पौडेलले जन्मोत्सव घरपरिवार विहिन वालवालिकासंग मनाएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ का सञ्चारकर्मी पौडेलले आफ्नो जन्मोत्सव कपिलवस्तु वाल गृहका परिवार विहिन वालवालिकासंग मनाएका हुन् । उनले जन्म दिनको अवसर पारेर कपिलवस्तु वाल गृहका परिवार विहिन वालवालिकाहरुलाई रुद्रभिषेक भोजन गराई उदाहरणिय कार्य गरेका छन् ।
उनले केक काट्ने, साथीभाईहरु जम्मा गरेर फजुल खर्च गर्ने प्रवृत्तिको अन्त्य गरी परिवार विहिन वालवालिकाहरुको हौसला प्रदान गर्ने उद्देश्यले उक्त कार्य गरेको सञ्चारकर्मी पौडेलले बताए ।
सञ्चारकर्मी पौडेल भन्छन् ‘आफ्नो सबै खुसीमा आफु मात्र खुसी हुनु जीवन सफल हुनु होईन, आफ्नो थोरै खुसी बांडेर अरुलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो’ ।
उनले जन्म दिनमा अनावश्यक खर्च नगरी वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई साहारा दिन सबैलाई आग्रह गर्दै आगामि दिनमा पनि यस्तै कार्य गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका प्रबन्धक मोहन बेल्बासे, कपिलवस्तु वाल गृहका अध्यक्ष राजु प्रसाद अर्याल, पौडेलका पिता बोधिराम पौडेलले जन्मोत्सवको शुभकामना व्यक्त गर्दै उदाहरणिय कार्य गरेकोले यसले समाजमा सकारात्मक प्रभाव पारेको बताए ।
वाल गृहमा रहेका वालवालिकाहरुले पनि सञ्चारकर्मीलाई टिका सहित जन्मोत्सवको शुभकामना व्यक्त गर्दै खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा कपिलवस्तु बाल गृहका प्रमुख राम प्रसाद अर्याल, जिल्ला मालपोत कार्यालय कपिलवस्तुका अधिकृत रिषी पौडेल, सामुदायिक रेडियो मायादेवीका कार्यकारी निर्देशक थानेश्वर अधिकारी,महिला अधिकारकर्मी पुष्पा रेग्मी, लुम्बिनी दर्पण अनलाइनका समाचार संयोजक हरी आचार्य, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रदेश नं ५ का सदस्य पुर्णचन्द्र परियार,पत्रकार महासंघ कपिलवस्तु शाखाकी कार्यालय सचिव संगीता भुसाल, लुम्बिनी दर्पण साप्ताहिकका बजार सहायक सुदिप अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : बिहिबार, साउन १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्