काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप २२४ जनामा कोरोना पोजिटिभ भएको जानकारी दिएको छ ।
विभिन्न प्रयोगशालामा १० हजार ७६८ जनामा गरिएको पीसीआर परीक्षणमा थप २२४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुल संक्रमितमध्ये जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ३९९ पुगेको छ । संक्रमितमध्ये ७२.८ प्रतिशतले काेराेना जितेका हुन् ।
पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्