बुटवल।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही,नेपाल युवा उद्यमी मञ्च रुपन्देही,लुम्बिनी वाणिज्य क्याम्पस बुटवलसंगको साझेदारीमा अन्तरप्रेरणा नेपालद्धारा सञ्चालित ९ महिने उद्यमशाला बुटवलमा सुरु भएको छ ।युवाहरुमा उद्यमशिलताको बिकासकालागि ‘नव उद्यमशाला’विजनेश इन्कुवेशन कार्यक्रम गरिएकोबुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिनुभयो ।
९ महिने उद्यमशालाले नव उद्यमीलाई सहि बाटो देखाउन फलदायी हुने उहाको विश्वास छ ।
कार्यक्रमले युवालाई आफूले गर्न चाहेको व्यबसायको प्रकृति, प्राविधिक समस्या तथा बजार बुझ्न र सोही अनुसार योजनावद्ध रुपमा अंगाडी बढ्न सहयोग गर्ने अध्यक्ष हमालले बताउनुभयो।
नव उद्योमीलाई प्रोत्साहन गर्नकालागि सञ्चालन गरिएको कार्यक्रममा उद्योग स्थापना गरेको ६ महिना देखि २ वर्ष भित्रका १३ जना उद्योगीहरूको सहभागिता रहेको संघले जनाएको छ ।
उद्यमशालामा सहभागीताका लागि रुपन्देही जिल्लाका २५ उद्योगीको आवेदन परेकोमा १३ जना छनोट भएका हुन् ।
कोरोना भाईरस कोभिड–१९को बिचमा पनि यो कार्यक्रम सञ्चालनका लागि लगनशिल अन्रप्रेरणाको टिम र सहयोगीको रुपमा रहेका संघसंस्थाहरुलाई बुटवल उद्योग बाणिज्य संघले धन्यवाद दिंदै कार्यक्रम सफल पार्न जस्तोसुकै भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्