बुटवल-राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । कोडिभ १९ विकासको लागि एउटा अवसर भएको भन्दै उनले अपाङ्गता मैत्री संरचना संगै सबैको लागि सहज रुपमा पहुँच पुग्ने गरी सरल विकास गर्नको लागि तिनै तहका सरकारलाई आग्रह गरे ।
बुटवलमा आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय अध्यक्ष शर्माले अपाङ्गमैत्री संरचना मात्रै नभएर सबैका लागि सजिलो विकासको अवधारणा अनुसार अगाडी बढ्नुपर्ने बेला आएको बताएका धाराण समेत राखेका हुन ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ ले आयोजना गरेको छलफलमा बोल्दै संघीय अध्यक्ष शर्माले ले सरकारी निकायबाट एउटा सानो मात्रै सुधार गरेरमा पनि विकास निर्माणमा सबैको सहल पहुँच स्थापपित हुने धारणा राखेका थिए ।
छलफलमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ का अध्यक्ष देवीदत्त अचार्यले अपाङ्गता मैत्री संरचना र विकास स्थापित गर्नको लागि मिडिया क्षेत्रको महत्पूर्ण भुमिका हुने भन्दै यसमा सबैको विशेष सहयोग हुनुपर्ने बताएका थिए ।
उनले अपाङ्गता भएका व्याक्तिहरुको सवाल निरन्तर उठान, समस्या समाधानको लागि मिडिया नै प्रमुख हात भएको भन्दै उनीहरुको सवाल मिडियामा निरन्तर रुपमा उठाउनको लागि आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ सचिव हुमनाथ अधिकारीले सकारत्मक सोँचको चिन्तन विकास भएमा समाज परिर्वतनको लागि धेरै समय नलाग्ने भन्दै अपाङ्गता भएका व्याक्तिहरु प्रति गरिने व्ययवहार पुर्णरुपमा परिर्वतन आउन जरुरी रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ का अध्यक्ष देवीदत्त अचार्यको अध्यक्षता संघीय अध्यक्ष मित्रलाल शर्माको प्रमुख आतिथ्यता र प्रदेश ५ सचिव हुमनाथ अधिकारीको सञ्चालनमा भएको थियो । आईतबार विहान राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश समिति र संघीय समितिले प्रदेश ५ का प्रदेश सभा सदस्य(सांसद)हरु संग समेत अपाङ्गता मैत्री प्रदेश निर्माणमा योगदानको विषयमा छलफल गरेको थियो ।
प्रकाशित मिति : आइतबार, साउन १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्