आरडिटी विधिबाट परीक्षण नगर्न सरकारको निर्देशन

आरडिटी विधिबाट परीक्षण नगर्न सरकारको निर्देशन

काठमाडौं – सरकारले आरडिटीको माध्यमबाट कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडिटी विधिबाट परीक्षण नगर्न निर्देशन दिएको हो। कोभिड १९ को नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आरडिटी परीक्षण नगर्न निर्देशन दिए। सात वटै प्रदेश, स्थानीय तह र अस्पताललाई आरडिटी परीक्षण नगर्न डा गौतमले जानकारी गराएका छन्। यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले मान्यता दिँदै आएको थियो। पिसिआर परीक्षणको दायरा बढाउन र आरडिटी बन्द गर्न विभिन्न विज्ञहरुले सुझाव दिँदै आएका थिए भने यसका लागि विभिन्न आन्दोलनसमेत भएका थिए।

प्रकाशित मिति : आइतबार, साउन १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij