भलवारी– भलवारी ब्याडमिन्टन क्लवको प्रथम बार्षिक साधरण सभा सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष दुर्गा प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले क्लबका अध्यक्ष के एन सागर ज्ञवालीको बार्षिक प्रतिबेदन एवं क्लवका कोषाध्यक्ष सन्तोष लम्सालको आर्थिक प्रतिबेदन सर्बसम्मतिले पारित गरेको छ भने ७ सदस्यीय समितिलाई विस्तार गरि हाल २२ सदस्यीय बनाईएको छ ।

सो अवसरमा बोल्दै क्लवका अध्यक्ष केएन सागर ज्ञवालीले सम्पूर्ण ७ न. वडालाई समेट्ने गरि ४ वटा कोर्ट एवं सुविधा सम्पन्न पार्किगं सहितको ब्यवस्थित कभर्ड हल बनाउने गरि क्लव अगाडी बढेको जानकारी दिए । त्यसका लागी भलवारीकै पानी टंकी पछाडी ६ कठ्टा जग्गा समेत नगरपालिकाले छुट्टाईसकेको जानकारी दिए । अध्यक्ष ज्ञवालीले करीब २ करोड ७९ लाख रूपियाँको लागतमा बन्ने कभर्ड हलको डीपीआर समेत बनिसकेको अवस्थामा सबैको साथ र सहयोग रहे अब यै हिउँद महिनाबाट क्लवको आफै खेल मैदानमा सामान्य खेलहरू खेल्न मिल्ने गरि तैयारी भैरहेको जनाए । सो अवसरमा बोल्दै प्रमुख अतिथि दुर्गा प्र पाण्डेले नगरको ७ नम्बर वडामा सम्पुर्ण वडावासीका लागी एउटै तर सुविधा सम्पन्न कबर्डहल बनाउन सहयोग गर्ने र त्यसको लागी बजेट जोहो गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गरे ।

साथै उनले सम्पुर्ण ७ नम्बर वडाका खेलाडिहरुलाई समेटने गरी भलवारी ब्याडमिन्टन क्लवले ठूलो संजाल बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले खेलकुदका लागि तिलोत्तमा नगरपालिका सहयोग गर्न तत्पर रहेको बताए।भलवाडि ब्याटमिन्टन क्लबले खेलकुदको क्षेत्रमा छोटो समयमा उचित प्रयत्न गरेकोमा खेलकुदको बिकासको निम्ति नगरपालिकाले उचित बजेटको ब्यबस्था गर्ने बताए। प्रदेश सरकार र केन्द्रिय सरकारसंग पनि यसको निर्माणका निम्ति थप पहलकदमी भुमिका निर्बाह गर्न तयार रहेको बताए ।

कार्यक्रममा वडा नम्बर ७ का जनप्रतिनिधि देबि प्रशाद पंगेनी, तिलोत्तमा नगरपालिका खेल उपसमिति सदस्य प्रेम जिएम, मधवलिया ब्याडमिन्टन क्लवका अध्यक्ष केशव चौधरी, लुम्बिनि स्पोर्ट्स क्लवका प्रत बहादुर पुन लगायतले बोलेका थिए । सोही अवसरमा पाठक सिमेन्ट उद्योगद्घारा सहयोग स्वरूप क्लवलाई प्राप्त जर्सी प्रदर्शन एवं वितरण समेत गरिएको थियो । कार्यक्रम क्लवका सचिव दीपेन्द्र रानाको सन्चालन र उपाध्यक्ष बिनोद कुमार श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : आइतबार, साउन १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्