लियो होलिसिटीद्धारा सुरक्षाकर्मीहरुलाई रक्षाबन्धन

लियो होलिसिटीद्धारा सुरक्षाकर्मीहरुलाई रक्षाबन्धन

 

भैरहवा-जनैपूर्णिमा को अवसर पारेर लियो क्लब अफ होलिसिटी भैरहवाले सुरक्षाकर्मीहरुलाई रक्षाबन्धन बाँधेको छ ।

क्लबमा आबद्ध महिला सदस्यहरुले अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुलाई सोमबार रक्षाबन्धन बाँधेर मिठाइ खुवाएको अध्यक्ष प्रतिक भण्डारीले बताउनु भयो ।

“क्लबमा आबद्ध दिदीबहिनीहरुले नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीको हातमा रक्षाबन्धन बाँध्नुभएको छ, प्रहरी कोरोना सक्रमण को महामारीविरुद्ध अग्रपंक्तिमा रहेर खट्नुभएको छ, अध्यक्ष भण्डारी ले भन्नु भयो । कोरोना सक्रमण का समय मा अग्रपति मा खटिएका सुरक्षाकर्मी लाई रोजेर क्लबले रक्षाबन्धन कार्यक्रम गर्नु प्रशसंनीय रहेको प्रहरी हवल्दार डिबि थापा ले बताउनु भयो ।

क्लबले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको अध्यक्ष भण्डारीले जानकारी दिनु भयो । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने संस्थापक अध्यक्ष सम्राट थापाले बताउनु भयो ।

कार्यक्रममा क्लबका अध्यक्ष प्रतिक भण्डारी, संस्थापक अध्यक्ष सम्राट थापा, उपाध्यक्ष आशिष पन्त, सचिव अनुराग बिडारी, कोषाध्यक्ष ओजस शर्मा,वर्षा कोईराला,दिव्या क्षेत्री, लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : मंगलबार, साउन २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij