बुटवल
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना सेवाग्राहीसँग घुस लिंदालिंदै अख्तियारको पक्राउ परेका छन् । गुट्का व्यापारीसंग घुस लिँदैगर्दा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत बिजय रानालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्का व्यापारी अनिलकुमार झासंग घुस वापत २ लाख रुपैंया लिँदै गर्दा अख्तियारको टोलीले बुटवल उपमहानगरपालिका वडा नं. १३ बुद्धचोकबाट पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राना सहित घुस दिने गुट्का व्यापारी अनिलकुमार झालाई पनि पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा घुस लिने र दिने दुबैलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख डा. भिष्मकुमार भुसालले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान सुरु गरिएको पनि उहाँले बताउनु भयो ।
प्रकाशित मिति : मंगलबार, साउन २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्