JanataToday.com

Advertisment

SKIP THIS

आजदेखि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली

आजदेखि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली

काठमाडौं – कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले फेरि सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। गृह मन्त्रालयको निर्णयानुसार काठमाडौं उपत्यका र कोरोनाका २ सयभन्दा धेरै सक्रिय केस रहेका जिल्लामा सार्वजनिक तथा निजी सवारीसाधनमा बिहीबारदेखि जोरबिजोर प्रणाली लागु गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाका अनुसार अत्यावश्यक बाहेकका सबै किसिमका सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको हो। कोरोना संक्रमण धेरै देखिएका जिल्ला तथा काठमाडौं उपत्यकामा पनि राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्‍चालनमा रोक लगाउने निर्णय गरेको छ।  यसअघि चैत ११ देखि लागू गरेको लकडाउन साउन ६ गते मध्यरातदेखि हटेसँगै मन्त्रिपरिषद्को निर्णयबाट सवारीसाधनमा जोरबिजोर प्रणाली पनि खारेज भएको थियो। सरकारले गत असारमा लकडाउन खुकुलो गर्ने क्रममा उपत्यकामा जोर दिनमा जोर नम्बरका र बिजोर दिनमा बिजोर नम्बरका गाडी चलाउन दिने निर्णय लिएको थियो।  लकडाउन हटेसँगै देशभर कोरोना फेरि फैलिन थालेको छ। काठमाडौं उपत्यकामा पनि दिनको ५० देखि ६० जनाका दरले संक्रमित भेटिन थालेका छन्। यस्तोमा सरकारले सडकको भीड कम गर्ने रणनीति अनुसार फेरि जोरबिजोर नियम ल्याएको हो।  सरकारले लामो दूरीका सवारीसाधन अझै खोलेको छैन। सरकारले काठमाडौंमा होटल रेस्टुरेन्टहरु पनि खोल्न दिएको छ। तर होटल रेस्टुरेन्टहरुले सुरक्षा मापदण्ड पूरा नगर्दा कोरोना फैलिन सघाउ पुगेको सरकारको निचोड छ। जोरबिजोर लाउन स्वास्थ्य मन्त्रालयले एक साताअघि सिफारिस गरेको थियो।

प्रकाशित मिति : बिहिबार, साउन २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij