विश्वमा कोरोना: सात लाख २८ हजार बढीको मृत्यु

विश्वमा कोरोना: सात लाख २८ हजार बढीको मृत्यु

बुटवल -महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विश्वमा सात लाख २८ हजार बढीको मृत्यु भएको छ ।

एकै दिन पाँच हजार तीन सय ७५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या सात लाख २८ हजार पाँच सय ५९ पुगेको हो । विश्वमा एक करोड ९७ लाख ८५ हजार छ सय २८ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ५३ हजार ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये एक करोड २७ लाख पाँच हजार छ सय ७१ जनाले कोरोना पराजित गरेका छन् । ६३ लाख ५१ हजार तीन सय ९८ जना उपचाररत रहेकोमा ६५ हजार एक सय २८ जनाको अवस्था गम्भीर छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाका कारण एक लाख ६५ हजार ४१ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन ५२ हजार आठ सय ५१ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५१ लाख ४८ हजार तीन सय ७५ पुगेको छ । अमेरिकामा २३ लाख ४८ हजार एक सय ९४ जना उपचाररत रहेकोमा १८ हजार ३३ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । एकै दिन आठ सय ४१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या एक लाख पाँच सय ४३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ४६ हजार तीन सय पाँच जना संक्रमित थपिएका छन् । हालसम्म ब्राजिलमा ३० लाख १३ हजार तीन सय ६९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

छिमेकी मुलुक भारतमा एकै दिन ६५ हजार एक सय ५६ जना नयाँ संक्रमित थपिएपछि संक्रमित संख्या २१ लाख ५२ हजार २० पुगेको छ । ४३ हजार चार सय ५३ जनाले ज्यान गुमाइसकेका छन् ।

१४ लाख ७९ हजार आठ सय चार जनाले कोरोना जितेका छन् । छ लाख २८ हजार सात सय ६३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

प्रकाशित मिति : आइतबार, साउन २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij