बुटवल-रुपन्देहीमा सोमबार २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहका अनुसार सिद्धार्थनगर नगरपालिकाका ७ जना, तिलोत्तमा नगरपालिकाका ५ जना, बुटवल उपमहानगरपालिकाका ३ जना र मायादेवी गाउँपालिकाका ४ जना संक्रमित छन्। अरुको ठेगाना खुलेको छैन।
जसमध्ये सिद्धार्थ सिमेन्ट उद्योगमा कार्यरत ७ जना, बुटवल देवीनगर, प्रगतिनगर र ज्योतिपथका गरी ३ जना, तिलोत्तमाका मंगलापुर र जानकीनगरका हुन्। शाहले ठेगाना प्रष्ट उल्लेख नभएकाले पहिचान गर्न कठिनाइ भएको बताए। यीमध्ये ३ जना क्वारेन्टिन बसिरहेका व्यक्ति हुन्।
यीमध्ये सबैजसो बुटवलको नेशनल प्याथल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकाहरु हुन्। ल्याबमा आफै परीक्षण गराउन गएकाहरु धेरै छन्।
‘ल्याबबाट हामीहरुलाई संख्या र क्षेत्रबाट जानकारी आएको छ, शाहले भने–तर विस्तृत विवरण आइपुगेको छैन, हामी पूरा विवरण तयार गर्दैछौं।’
प्रतिक्रिया दिनुहोस्