बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु

बुटवलको कोरोना अस्पतालमा २ जनाको मृत्यु

बुटवल-कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये एकजना कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने अर्का व्यक्तिको पीसीआर रिपोर्ट आउन बाँकी छ।

कोरोना भाइरसको लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षिय पुरुषको मंगलबार राती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

मृत्यु हुनेमध्ये एकजना कपिलवस्तु तौलिहवाका हुन् भने अर्का व्यक्ति कृष्णननगरका हुन्।

कोरोनाको लक्षण देखिएर २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा सोही दिन नै पिसीआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।

सोही दिनदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी थियो। मंगलबार राती स्वास्थ्यमा थप समस्या देखिएर उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

अर्का कपिलवस्तुकै २५ वर्षिय युवा हिजो मंगलबार उपचारका लागि अस्पताल आएका थिए।

‘हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि आएका उनीमा कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पताल ल्याएर भेन्टिलेटरमा राख्नु परेको थियो, राती स्वास्थ्यमा समस्या आएपछि उनको पनि मृत्यु भएको छ’–बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न डा. सुदर्शन थापाले जानकारी दिए।

उनको स्वाब संकलन गरी कोभिड–१९ परिक्षणका लागि पठाइएको छ।

बुटवल कोरोेना अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यसअघि अस्पतालमा सैनामैनाका बाबुराम थापाको मृत्यु भएको थियो । तर उनको रिपोर्ट कोरोना नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : बुधबार, साउन २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij