कोरोना संक्रमण दर बढ्दै गएपछि लुम्बिनी मेट्रो सिटीद्धारा भदौ १ गतेसम्मका लागि बस सेवा बन्द

कोरोना संक्रमण दर बढ्दै गएपछि लुम्बिनी मेट्रो सिटीद्धारा भदौ १ गतेसम्मका लागि बस सेवा बन्द

बुटवल।
कोरोना संक्रमण दर बढ्दै गएपछि लुम्बिनी मेट्रो सिटी प्रालिले भदौ १ गतेसम्मका लागि बस सेवा बन्द गरेको छ ।

यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी यातायात सेवा बन्द गरिएको प्रालिले जनाएको छ ।
प्रालिका अध्यक्ष धनबहादुर अधिकारी ९शंकर० र सचिव चक्रपाणी भण्डारी ९ध्रुव० ले बुधबार विज्ञप्ति जारी गरी हाल कोरोना महामारीको विषम परिस्थितिका कारण भदौ १ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराएका हुन् ।

‘नेपाल सरकारले गरेको एक सय बीस दिन लामो लकडाउन अन्त्य गरेसंगै सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो,तर अन्य ठूला यातायात व्यवसायीले सरकारसंग विभिन्न माग र शर्त राखेर सेवा सुचारु नगरेका बेला यस क्षेत्रमा यात्रु वर्गलाई सुविधा दिन र संकटको समयमा सरकारलाई सहयोग पु¥याउन स्वास्थ्य सुरक्षा मापदण्डहरु पूरा गरेर असार २८ गतेदेखि बुटवल–भैरहवा र बुटवल–बर्दघाटसम्म यातायात सेवा सुचारु गरेका थियौं,तर हाल आएर पुनः कोरोना संक्रमण दर बढ्दै गएकोले आउंदो भदौ १ गतेसम्म यस प्रालिले यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ’–विज्ञप्तिमा भनिएको छ ।‘

प्रकाशित मिति : बुधबार, साउन २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij