काठमाडाैं-नेपालमा पछिल्लो २४ घण्टायता थप आठ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको ब्रिफिङका क्रममा थप आठ जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडाैंकी ७२ वर्षीया महिला, धादिङका ३२ वर्षीय पुरुष, धनुषाका ७१ वर्षीय पुरुष र २८ वर्षीया महिला, सप्तरीका ७२ वर्षीय पुरुष, माेरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुषकाे काेराेनाबाट ज्यान गएको जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ९१ पुगेको छ ।
बुधबार थप ४८४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । कुल संक्रमितमध्ये ६८.४ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : बुधबार, साउन २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्