JanataToday.com

Advertisment

SKIP THIS

घरमै बसेकी महिलामा कोरोना पुष्टि भएपछि तानसेनको मुख्य बजारक्षेत्र ‘सिल’

घरमै बसेकी महिलामा कोरोना पुष्टि भएपछि तानसेनको मुख्य बजारक्षेत्र ‘सिल’

पाल्पा – तानसेन नगरपालिका ४ की ४० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तानसेन बजारका विभिन्न क्षेत्र सिल गरिएको छ ।

स्थानीय स्तरसम्म सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले  बिहीबार बेलुकी ८ बजेदेखि लागू हने गरी बजार क्षेत्र सिल गरेकाे हाे ।

तानसेन नगरपालिकाको पूर्वमा हुलाक चोक, पश्चिममा गौरीशङ्कर गेस्ट हाउस, उत्तरमा टक्सार माछा पसल, दक्षिणमा पेट्रोल पम्पको चारकिल्ला भित्रको विशाल बजार क्षेत्र सिल गरिएको हो । अर्को सूचना जारी नहुँदासम्म ती क्षेत्र सिल गरिएकाे प्रशासनले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

 

अन्तिम अपडेट: साउन २९, २०७७

प्रकाशित मिति : बिहिबार, साउन २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij