बुटवल –सिद्धार्थ वाल तथा महिला अस्पताल बुटवलको नामको गाडी वेवारिसे अवस्थामा खोला किनारामा अलपत्र रहनुले अस्पतालको बेईजेती गरेको छ ।
लु १ च २९८८ नम्बरको उक्त सवारी साधन बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुवनेश्वरी मागको खोला किनारामा विगत लामो समय देखि अलपत्र रहेको छ ।
अस्पतालको नाम प्रष्ट बुझिने गरि सवारी साधनमा लेखिएको र अलपत्र अवस्थामा लामो समयसम्म त्यस स्थानमा रहनुले स्थानियले प्रश्न उठाएका छन । अस्पतालको सम्पति वेवारिसे अवस्थामा रहेको भन्दै स्थानियले यो समाचारदातालाई जानकारी गराएपछि समाचारको विषय सार्वजनिक भएको हो । सो सम्बन्मा अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र वस्यालले ४ पाँच वर्ष पहिले अस्पतालले लिलाम गरि उक्त गाडी विक्री गरेको बताउनु भयो । उहाँले लिलाम गर्दा अस्पतालको नाम मेटाउनु पर्ने भन्दै आजै गाडीमा लेखिएको अस्पतालको नाम मेटाउन लगाउने बताउनु भयो ।
उक्त गाडी बुटवलका जंग थापाले लिलाम सकारेको अस्पताल प्रशासनले जनाएको छ । जेहोस अस्पतालको नाम लेखिएको सवारी साधन लिलाम भएको ५ वर्षसम्म पनि वेवारिसे अवस्थामा देखिदा अस्पतालको बेईजेती भएो सबैले स्किार्नु पर्छ । यस्ता कुरामा अस्पताल प्रशासन गम्भिर र सम्वेदनशिल बन्न जरुरी देखिन्छ ।
प्रकाशित मिति : शुक्रबार, साउन ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्