काठमाडौं । नेकपाभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज वस्दैछ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा गठित ६ सदस्यीय कार्यदलले पार्टी भित्रका विवाद समाधानका लागि आजबाट काम सुरु गर्न लागेको हो ।
पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पार्टी विवाद समाधान खोज्ने जिम्मेवारी दिइएको छ ।
अध्यक्षद्वयको सहमतिपछि महासचिव पौडेलको नेतृत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।
कार्यदलले पार्टीभित्र देखिएका समस्या पहिचान गर्दै समाधानका उपायसहित अध्यक्षद्वयलाई प्रतिवेदन बुझाउने छ । कार्यदलले समाधान दिन्छ भन्नेमा नेताहरु भने विश्वस्त छैनन ।
प्रकाशित मिति : शनिबार, साउन ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्