सप्तरी । चार दिनदेखि उच्च ज्वरो आएपछि उपचार गर्न धरान जाने तयारी गर्दागर्दै सप्तरीकी एक महिलाको मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ निवासी ३२ वर्षीया महिलाको सोही नगरपालिकाको वडा नम्बर ९ स्थित सानीआमाको घरमा मृत्यु भएको हो ।
बिहीबार राति अत्यधिक ज्वरो आएपछि उनको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश साहले बताए ।
साहका अनुसार ३५ वर्षीया ती महिलालाई पछिल्लो चार दिनदेखि ज्वरो आइरहेको थियो । उनले औषधि किनेर खाइरहेकी थिइन् । तैपनि सन्चो नभएपछि उनी शुक्रबार बिहान धरान जाने तयारीका साथ सानी आमाको घर पुगेकी थिइन् । तर राति नै उच्च ज्वरो आएर उनको मृत्यु भयो ।
ती महिला बिभिन्न व्यक्तिको घरमा गएर काम गर्ने गर्दथिन् ।
उनमा कोरोना संक्रमण छ कि छैन भनेर एकीन गर्न स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको नगरपालिकाका स्वास्थ्य संयोजक साहले बताए । ‘रातिसम्म रिपोर्ट सार्वजनिक गरिदिन स्वास्थ्य कार्यालयसँग आग्रह गरेका छौं,’ उनले भने ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्