थप ६३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ हजार नाघ्‍यो

थप ६३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ हजार नाघ्‍यो

काठमाडौँ
पछिल्लो २४ घन्टामा थप ६३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा।जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको बताएका छन् ।
मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ९२ हजार ४१८ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १२ हजार ५१९ पीसीआर परीक्षण भएका छन् ।

२४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १३६ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ६ सय ५८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १२ हजार ६२१ जना रहेको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij