बुटवल
लुम्बिनी प्रादेशिक अस्पतालले चलाएको कोरोना विशेष अस्पतालमा रहेका आइसीयू बेड लक्षणसहितका कोरोना भाइरसका संक्रमितले भरिएका छन्।
अस्पतालमा १६ वटा बेड रहेकोमा सबैमा लक्षण देखिएका बिरामी छन्। त्यसमध्ये २ जनाको अवस्था गम्भीर छ।
थप लक्षण देखिएका बिरामी उपचारका लागि आएमा भर्ना गर्नका लागि बेड छैन(कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले भने(संक्रमण बढ्दो छ हामीसँग बेड छैनन्।
१६ जना मध्ये २ जनालाई भेन्टिलेटरमा राखेर उपचार जारी छ। उनीहरुको अवस्था ुक्रिटिकलु रहेको थापाले बताए। उनीहरुमध्ये एकजना रुपन्देहीका र अर्का एकजना कपिलवस्तुका हुन्।
आइसीयुमा उपचाररत ६ जनाको अवस्था पनि गम्भीर छ। ८ जनाको स्वास्थ्य स्थिति भने सामान्य रहेको उनले बताए। ती बिरामीहरुमा ज्वरो, निमोनिया, रुघाखोकी, स्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिएका छन्।
बुटवलमा बेड भरिएपछि बुटवलभन्दा बाहिर दाङ, बाँके र रुपन्देहीकै भैरहवामा बिरामीहरु भर्ना गर्ने तयारी प्रदेश सरकारले गरेको छ। प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा।विनोदकुमार गिरीले सम्भव भएसम्म आइसीयू बेड थप गर्ने र थप बिरामी बढ्दै गए अन्यत्र लैजाने बताए। तत्काल गम्भीर प्रकृतिका बिरामी आए नेपालगञ्ज र दाङ लैजाने उनले बताए।
प्रदेश ५ सरकारले बुटवल धागो कारखानासहित दाङ, बाँके र भैरहवामा आईसीयू कक्ष बनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भीम अस्पताल भैरहवामा ५, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा १० र केन्द्रीय संस्कृत विद्या पिठ बेलझुण्डी दाङमा पनि १० वटा आईसीयू बेड छन्। बाँके र दाङका आइसीयू कक्ष खाली छन् भने भैरहवाको भीम अस्पतालमा जनशक्ति अभाव छ।
प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्