कोभिड–१९ का बिरामी भर्ना लिन स्वास्थ्य मन्त्रालयको अनुमति अनिवार्य

कोभिड–१९ का बिरामी भर्ना लिन स्वास्थ्य मन्त्रालयको अनुमति अनिवार्य

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस कोभिड–१९का बिरामी भर्ना लिँदा मन्त्रालयको सिफारिस लिन र समन्वय गर्न निर्देशन जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९ का बिरामी भर्ना सम्बन्धमा’ शुक्रबार जारी गरेको निर्देशनअनुसार काठमाडौं उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका बिरामी भर्ना लिँदा मन्त्रालयको एचइओसी ९हेल्थ इमजेन्सी अपरेशन सेन्टर० टिमसँग सिफारिस लिनुपर्ने र समन्वय गर्नुपर्नेछ ।

निर्देशनमा भनिएको छ ‘अस्पतालमा कोभिड–१९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसियू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचइओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ ।’

यस्तो सिफारिस र समन्वयका लागि चित्सकको नाम र फोन नम्बर पनि दिइएको छ । यसैगरी, एचइओसी कल सेन्टरका नम्बरहरू पनि दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बिरामीको उपचारका लागि खास अस्पतालहरू तोकेको छ ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij