बुटवल – नेपाली कांग्रेस रुपन्देही का युवा नेता अर्जुन पौडेलले पार्टीभित्र एकले अर्कालाई दोषारोपण गरेर कम्युनिष्टसंग लड्न नसकिने बताएका छन् । पार्टी बलियो बनाउन सबैले संकल्प गर्नु पर्दछ ।
‘पार्टीभित्र सबैका आ–आफ्नै कमजोरी होलान् । एकले अर्कालाई कमजोर देखाउँदा पार्टी नै कमजोर भइसक्यो । अब कमजोरी सुधारौं । एकताबद्ध भएर अगाडी बढौं । पार्टीको १४ महाधिवेशनबाट कांग्रेसलाई गुट र व्यक्तिगत स्वार्थबाट मुक्त गराएर बलियो एकता प्रस्तुत गर्नुपर्ने पौडेल को भनाई छ ।
पार्टीका शीर्ष नेताहरुले संगै प्रजातन्त्रको लागि संघर्ष गरेको भन्दै एकले अर्काको अस्तित्व स्वीकारेर अघि बढेमा कार्यकर्ता खुसी हुने बताए । आसन्न महाधिवेशनबाट समयसन्दर्भ सुहाँउदो नीति बनाएर पार्टीलाई बहुमत दिलाउने कार्यक्रमहरु पारित गर्नुपर्ने उनको भनाई छ । नेतृत्व चयन एक लोकतान्त्रिक अभ्यास रहेको भन्दै कांग्रेसको नेतृत्व कार्यकर्ताले छान्ने भएकाले जसको नेतृत्व मा आएपनि सबैले सहयोग गरेर अघि बढ्नुपर्ने बताए ।
प्रकाशित मिति : सोमबार, भाद्र ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्