बुटवल । बिपि बिचार राष्ट्रिय समाजले रुपन्देही जिल्लाको ग्रामिण क्षेत्र गजेडीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार भन्दा बढि जनता लाभान्वित भएका छन । कञ्चन गाउँपालिका वडा नं. २ मा रहेको गजेडी माविमा बिपि बिचार राष्ट्रिय समाजले शनिबार आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा २ हजार भन्दा बढी स्थानीयले सेवा लिएका हुन ।
स्वास्थ्य शिविरमा आँखा, महिला , ग्याष्ट्रिक, पेट, छाला, हाड जोर्नीे सम्बन्धी विशेज्ञ सहितको ५० जना चिकित्सकको टोलीबाट सेवा प्रदान गरिएको बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीका सभापति शरद भट्टराईले जानकारी दिए । ग्रामिण क्षेत्रमा गरिबीको कारणले गर्दा स्वास्थ्य सेवा लिन नसकेका महिला, बालबालिका, जेष्ठ नागरिक शिविरबाट लाभान्वित भएको उनले बताए ।
नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सरकारले गर्न नसकेको काम बिपि बिचार राष्ट्रिय समाजले गर्न सकेको बताउँदै स्वास्थ्य शिविरबाट ग्रामिण क्षेत्रका गरिब जनता लाभान्वित भएको बताए । विपिले पनि गरिब जनताको पक्षमा आवाज उठाएको स्मरण गर्दै उनले समाजले पनि गरिब जनताको पक्षमा काम गरेर उनिहरुको जिवनस्तर उकास्न तर्फ लाग्नु पर्ने बताए ।
नेपाली काग्रेस रुपन्देहीका उपसभापति फडिन्द्र प्रसाद शर्माले जनतासँग जोडिएको स्वास्थ्यलाई निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी आयोजकले समाजमा प्रशसनिय काम गरेको बताए ।
नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति हरि लम्सालले जनतासँग प्रत्यक्ष जोडिएको स्वास्थ्यलाई गरिब जनता समक्ष निःशुल्क पुराएकोमा आयोजकको प्रशंशा गरे। नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेलले विपिको शिद्धान्त गरिब जनताको पक्षमा रहेको बताउँदै बिपि बिचार राष्ट्रिय समाजले पनि विपिको बाटो पछाएर काम गर्ने बताए । बिपि बिचार राष्ट्रिय समाजका उपसभापति शारदा गौतमको स्वागत मन्तब्यमा आयोजना गरिएको कार्यक्रममा भैरहवा मेडिकल कलेजले प्राविधिक सहयोग गरेको थियो ।
प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्