विराटनगरमा कोरोनाका कारण एक पुरुषको मृत्यु

विराटनगरमा कोरोनाका कारण एक पुरुषको मृत्यु

बुटवल– कोरोेना भाइरस संक्रमणका कारण विराटनगरमा महोत्तरीका एक पुरुषको मृत्यु भएको छ ।

महोत्तरी घर भएका ६० वर्षीय पुरुषको न्युरो अस्पतालमा उपचारका क्रममा मंगलबारराति ११ बजे मृत्यु भएको हो । अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्जीतराज बस्नेतका अनुसार मृतक पुरुष टाउकोको नसा सुकेर हातखुट्टा एवं शरीर चलाउन नसक्ने अवस्थाका थिए ।

शरीर नचल्ने अवस्था आएपछि उपचारका लागि उनलाई साउन ३१ गते न्युरो अस्पतालमा भर्ना गरिएको थियो । लक्षण देखिएपछि कोरोनाको आंशकामा उनको भदौ ३ गते स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भदौ ७ गते आइतबार रिपोर्ट पोजेटिभ आएको बस्नेतको भनाइ छ ।

अस्पतालको कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीको संयोजक समेत रहेका बस्नेतले पोजेटिभ रिपोर्ट आएपछि संक्रमितको उपचारका लागि अस्पतालले तयार गरेको आइसोलेसनमा पुरुषलाई भर्ना गरेर भेन्टिलेटरमा उपचार गर्ने काम भइरहे पनि बचाउन नसकिएको जानकारी दिए । उनले शव व्यवस्थापनका सवालमा सरोकारवाला निकायसँग छलफल भइरहेको बताए ।

प्रकाशित मिति : बुधबार, भाद्र १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij