काठमाण्डौ , क्यारेबियन प्रिमियर लिग ९सीपीएल० मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज ३६ रनले पराजित भएको छ ।
बार्बाडोस ट्रिडेन्ससँग जमैका पराजित भएको हो । बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएपछि जमैकाले १ सय ४९ रनको लक्ष्य पाएको थियो ।
टस जितेर पहिले फिल्डिङ रोजेको जमैकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११२ रनमात्रै बनाउन सक्यो । जमैकाले अहिलेसम्म ५ खेल खेलेकोमा २ मा विजयी भएको छ भने ३ खेलमा पराजित रहेको छ । खेलमा जमैका पराजित भए पनि जमैकाबाट खेलेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गरेका छन् ।
उनले ४ ओभरमा १६ रन जोड्दै २ विकेट लिएका थिए । उनले रसिद खान र एस्ली नर्सको विकेट लिएका हुन् ।
प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्