बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु

बुटवल- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । उक्त अस्पतालमा उपचाररत संक्रमितमध्ये कपिलवस्तुका एक पुरुषको मृत्यु भएको करिब १२ घण्टा बित्न नपाउँदै आज बिहान करिब १०ः३० बजे एक महिलाको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, जानकीनगरकी करिब ७० वर्षीया महिलाको कोरोना अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । सो महिलामा थाइराइड र उच्च रक्तचाप समस्या रहेको उनले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई गत साउन २६ गते कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा राखिएको र स्वास्थ्यमा समस्या देखिँदै गएपछि साउन ३१ गते कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई कोरोना विशेष अस्पतालको पहिलो प्लाज्मा थेरापीका माध्यमबाट चिकित्सकले उपचार थालेका थिए । पहिलोपटक प्लाज्मा दिएर बुधबार बेलुकासम्म स्वास्थ्यावस्थामा राम्रो सुधार देखिएको तर गए रातिदेखि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आज बिहान पुनः अर्को प्लाज्मा दिने तयारी भइरहेको अवस्थामा मृत्यु भएको हो ।

उनलाई प्लाज्मा दिनका लागि केही समयअघि कोरोना संक्रमणबाट मुक्त भएका कपिलवस्तुका एक युवक आज बिहान बुटवल आइपुगेका थिए । रुपन्देहीमा यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ ।

यसअघि गए राति करिब ११ बजे कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममै सोही अस्पतालमा मृत्यु भएको थियो ।

उनको राति स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार थालिए पनि राति नै मृत्यु भएको बताइएको छ । संक्रमितलाई यही भदौ ५ गते संक्रमण पुष्टि भएपछि कोरोना अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह र मिर्गाैला रोगको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा. गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij