सन्दीप आइपिएल, सिपिएल हुँदै विश्व-११ टिममा

सन्दीप आइपिएल, सिपिएल हुँदै विश्व-११ टिममा

काठमाडौं– युवा स्पिनर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्न थालेको २ वर्षमा चर्चाको शिखरमा छन्।

१५ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका सन्दीप छोटो समयमै टिमका भरपर्दा बलरको रुपमा स्थापित भइसकेका छन्। आइपिएल र क्यारेबियन लिगको टिममा आबद्ध भएका सन्दीप पछिल्लो पटक विश्व-११ टिममा ऐतिहासिक सफलता हात पार्न सफल रहे। त्यसैले उनको चर्चा र लोकप्रियता नेपाली क्रिकेटमा मात्र होइन विश्व क्रिकेटमा पनि बढ्न थालेको छ।

सन्दीपले २०७२ माघमा बंगलादेशमा भएको यू–१९ विश्वकपमा डेब्यू गर्दा सनसनी मच्चाएका थिए। त्यतिबेला उनकै उत्कृष्ट प्रदर्शनले नेपाल सुपर–८ मा समावेश हुन सफल भएको थियो। हाल टेस्ट राष्ट्रको मान्यता पाएको आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएपछि सन्दीप स्टार बन्न पुगेका थिए। दायाँ हातले बल घुमाउन पोख्त सन्दीपलाई आयरल्यान्ड विरुद्धको खेलपछि अन्तर्राष्ट्रिय मिडियाले समेत ‘नेपाली– शेन वार्न’ को संज्ञा दिएका थिए।

१७ वर्षीय सन्दीपलाई युवा टिममा जोड्ने काम भने नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका थिए। २०७२ भदौमा चितवनको नारायणगढस्थित क्याम्पाचौर मैदानमा नेट अभ्यास गरिरहेका सन्दीपलाई देखेपछि पुबुदु प्रभावित भएका थिए। पहिलो नजरमै सन्दीपको प्रतिभा थाहा पाएका पुबुदुले सन्दीपलाई यू–१९ टिमको क्याम्पमा बोलाएका थिए। क्याम्पाचौरमा लुकेको प्रतिभा त्रिवि मैदानमा प्रस्फुटन भएपछि सन्दीप युवा राष्ट्रिय टिममा पर्न समय लागेन। युवा टिममा आबद्ध भएको ६ महिनाभित्रै उनले विश्व क्रिकेटमा सनसनी मच्चाएका थिए।

युवा विश्वकपकै दौरान अस्ट्रेलियाका धुरन्धर लेगस्पिनर वार्नसँग तुलना गरिएका सन्दीप अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँगको विशेष सम्बन्ध बनाएर चर्चामा रहे।

नेपालका सबै क्रिकेटरलाई विश्वविजेता कप्तानसँग संगत गर्ने मौका मिल्दैन। तर, क्लार्कसँग गहिरो सम्बन्ध बनाइसकेका सन्दीपले नेपाल लाइभलाई भनेका थिए, ‘यो अर्थमा म आफूलाई भाग्यमानी ठान्छु।’

क्लार्कसँग भेट्नुअघि सन्दीप उनको ठूलो प्रशंसक थिए। क्लार्कका खेल नछुटाई हेर्थे।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij